भूपू सैनिक क्लबले गर्याे किड्नीका बिरामी गुरूङलाइ आर्थिक सहयोग

भूपू सैनिक क्लबले गर्याे किड्नीका बिरामी गुरूङलाइ आर्थिक सहयोग


भूपू सैनिक क्लब तनहुँले मध्यनेपाल नगरपालिका ३ का दुईवटै किड्नी फेल भइ उपचारको क्रममा रहेका राेशन गुरूङलाई आर्थिक सहयोग गरेको छ । बिरामी गुरूङलाइ पहिले १४ हजार र आज ७ हजार गरि २१ हजार सहयोग गरिएको क्लवका अध्यक्ष क्याप्टेन तारा मल्लले बताए ।

गणतन्त्र दिवसको अवसर पारि बिरामीका आफन्त सुवेदार जमानसिँह गुरूङलाई उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष क्याप्टेन मल्लले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा भूपू सैनिकका केन्द्रीय सदस्य सु.मे. सुर्यबहादुर थापा , वडा नं ९ का अध्यक्ष सुरेश थापा , निवर्तमान अध्यक्ष क्याप्टेन सुर्जकुमार मल्ल , पुर्व अध्यक्ष एवम् सल्लाहकार क्याप्टेन सन्तलाल श्रेष्ठ ,वडा नं १ का पुर्व वडा सदस्य निरबहादुर मल्ल , सहसचिव क्याप्टेन साेमबहादुर थापा , सदस्यहरू माेहन राना , राधेश्याम श्रेष्ठ र गणेश थापा लगायतको उपस्थिति रहेको थियो ।

संघले गणतन्त्र दिवसको अवसरमा आयाेजित प्रभातफेरी कार्यक्रममा समेत भाग लिएको थियो । क्लवमा मल्ल अध्यक्ष भए यता विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै सामाजिक क्षेत्रमा थुप्रैपटक सहयोग हरू गर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page