ऋषिङमा लागुपदार्थ दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
तनहुँकाे ऋषिङमा लागुपदार्थ दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ऋषिङ्ग गाउँपालिकाकाे वडा नं १ झापुटारमा आदिवासी जनजाती प्रशिक्षणमूलक कार्यक्रम अन्तर्गत लागु पदार्थ दुर्व्यसन यसका असर र रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना मूलक कार्यक्रम भएको हाे ।


सचेतता कार्यक्रमकाे ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले उद्घाटन गर्दै विकृति र बिसङ्गतीकाे बाटोमा अलमलिएर बसेका युवाहरूलाई यस किसिमको कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताए । ऋषिङ १ काे झापुटार पहिलाको अवस्थाकाे झापुटार नरहेको भन्दै अध्यक्ष श्रेष्ठले चेतनशील र सकारात्मक साेच भएका मानिसको बस्ती भएको झापुटारकाे रूपमा अहिले स्थापित भएको बताए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहरा लगायतले सुन्दर र शान्त समाज अहिलेकाे आवस्यकता भएको बताए । प्रजिअ गाैतम तथा प्रहरी प्रमुख बाेहराले लागु प्रदार्थ सेवन गर्न नहुने बताउँदै लागु पदार्थ सेवनले जिवन मा धेरै दु ख भोग्नपर्ने बताए ।


कार्यक्रममा ऋषिङ गाउँपालिका कार्यपालिका सदस्य सविना राना ,समाजसेवी भूपाल थापा, शुक्ला मा. विका प्र.अ केशर थापा लगायतले बाेलेका थिए ।

























