भानुमा पुष्प नर्सरी तथा पुष्प खेती तालिम सञ्चालन
तनहुँकाे भानु नगरपालिकामा पुष्प नर्सरी तथा पुष्प खेती तालिम संचालन गरिएको छ । भानु नगरपालिकाकाे सामाजिक बिकास शाखाकाे आयाेजनामा २ दिने पुष्प नर्सरी तथा पुष्प खेती तालिम भानु १ काे नमूना आमा समूहकाे भवन बाेटे गाउँमा साेमबारबाट संचालन गरिएकाे हाे ।


तालिम कार्यक्रममा भानु नगरपालिकाकाे वडा नं १,२,३,५,६ र १३ का गरी २८ जनाकाे सहभागीता रहेकाे सामाजिक बिकास शाखाका प्रमुख कृपाहरी लाैडारीले बताए ।
भानु नगरपालिकालाई ब्याच र खादामा राेक लगाएका कारण फूलकाे मागलाई धान्न यस किसिमको कार्यक्रम अत्यन्तै फलदायी हुने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
यश अघि भानु वडा नं ७ काे थानीथानमा कार्यक्रम संचालन गरिसकिएकाे प्रमुख प्रशासकीय अधिकृत दिवाकर पाैडेलले जानकारी दिए ।





























