व्यास ३ का महिलालाइ १० दिने बाद्यबादन तालिम
तनहुँकाे व्यास नगरपालिका वडा नं ३ का महिलाहरू लाई दिइने १० दिने बाद्यबादन तालिमकाे सुरुवात भएको छ । आजवाट सुरु भएको तालिमको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले उद्घाटन गर्दै महिलाहरूलाइ आत्मनिर्भर बनाउन यस किसिमको तालिमले टेवा पुग्ने बताइन् ।


महिला दिदिबहिनीहरुको सीप बिकास तथा आर्थिक उन्नतीका लागि ब्यास नगर महिला समन्वय समिति वडा नम्बर ३ ले उक्त तालिमको आयाेजना गरेको हाे ।


तालिमले कला र संस्कृतिकाे जगेर्नाका निमित्त महत्त्वपूर्ण भुमिका खेल्ने सहभागीहरूले बताएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सुरु गरिएको तालिम कार्यक्रममा व्यास ३ का अध्यक्ष अनुप राना , वडा सदस्य दधिराज घिमिरे लगायतले बाेलेका थिए ।



























