ऋषिङकाे गढीडाँडा परिसरमा आकर्षक काष्ठकला निर्माण

तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ८ गढीडाँडा परिसरमा काष्ठकला राखिएको छ । ऐतिहासिक तथा पर्यटकीय स्थलमा राखिएको काष्ठकला ऋषिङ्ग ८ नालथोकका शिव श्रेष्ठ र RRB Vlogs ले तयार पारेका हुन् ।

गढीडाँडा परिसरलाई चिनाउनका लागि जेठ १५ गते गणतन्त्र दिवस को दिन मङ्गलबार श्रेष्ठ नेतृत्वको टोलीले उक्त काष्ठकला राखेको हो । कुँदेर तयार पारेका काष्ठकलाको बोर्ड यस अगाडि ऋषिङ्ग -८ को गडीडाँडा र ऋषिङ -७ राइथोकको कोटदरबारमा पनि राखेका थिए । ऋषिङ्ग क्षेत्रको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक क्षेत्रलाई काष्ठकलाले थप सुन्दर र आकर्षक बनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page