वडा अध्यक्ष गुरूङ द्वारा लिखित पुलिमराङकाे अलिखित इतिहासकाे विमाेचन

वडा अध्यक्ष गुरूङ द्वारा लिखित पुलिमराङकाे अलिखित इतिहासकाे विमाेचन

व्यास नगरपालिका वडा नं ८ का वडा अध्यक्ष युवराज गुरुङ र माया कोन्मे तमुद्धारा लेखिएको पुलिमराङको अलिखित इतिहासको मंगलबार विमोचन गरिएको छ ।

१७ औं गणतन्त्र दिवसका अवसर पारेर आयोजित कार्यक्रममा पुस्तकको संविधान सभा सदस्य रामचन्द्र पोखरेलले विमोचन गरेका थिए । पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरेलले सहिद भूमि पुलिमराङका थुप्रै इतिहासलाई पुस्तकले उजागर गरेको बताएका थिए ।साथै पुस्तक प्रकाशन गरेकोमा लेखकद्धयलाई प्रमुख अतिथी पोखरेलले धन्यवाद दिएका थिए ।

पुस्तकका लेखक एवं वडा अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , उपप्रमुख इन्दिरा दरै लगायतले बोलेका थिए ।


पुस्तकमा पुलिमराङमा विभिन्न कालखण्डमा भएको प्रजातान्त्रिक आन्दोलनमा प्राण आहुति गरेको सहिदहरुको विषय र ऐतिहासिक गाउँ पुलिमराङको विषयमा विषय उठान गरिएको लेखक वडा अध्यक्ष गुरुङले बताए ।
उक्त अवसरमा खुल्ला कविता प्रतियोगिता समेत आयाेजना गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page