महिला फुटबल जितेको सेना तथा प्रहरीको टिमलाई बाेका पुरस्कार

गणतन्त्र दिवस २०८१ को अवसरमा बुधबार दमौलीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा जनप्रतिनिधि , कर्मचारी र सेना तथा प्रहरी गरि ३ टिमको सहभागीता रहेको थियो ।


प्रतियोगिताकाे पहिलो खेलमा सेना तथा प्रहरीको टिमले कर्मचारी टिमलाई ट्राइवेकरमा पराजित गरेको थियो । प्रतियोगितामा बाइ पाएकाे जनप्रतिनिधिको टिम सँग भएको दाेस्राे तथा फाइनल खेलमा सेना तथा प्रहरीको टिमले दुई गाेल हानेर प्रथम भए सँगै बाेका पुरस्कार पाएकाे हाे ।


त्यस अगाडि प्रतियोगिताको जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले तथा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले खेलाडीहरुलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , प्रहरी प्रमुख एसपी अपिल राज बाेहाेरा लगायतको उपस्थिति रहेको थियो ।





























