म्याग्देकी अनिशा मृत्यु प्रकरण – ३२ दिनपछि अन्त्येष्टि !
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ स्थित धयेरेकि अनिशा श्रेष्ठ / लामिछानेको मृत्युु प्रकरणमा सहमति हुन नसक्दा गण्डकी अस्पतालमा राखिएको शवकाे अन्त्येष्टि गरिएको छ । बैशाख १५ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी अनिशाकाे श्रीमान दिपेश र ससुरा हरिराज लामिछाने लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेकाे छ ।


गत बुधबार तनहुँ जिल्ला अदालतका न्यायाधिस चन्द्रकुमार पाेख्रेलकाे इजलासले श्रीमान र ससुरा लाई पुर्पक्षका लागि थुनामा र सासुलाई ५० हजार धराैटिमा छुटाउने आदेश भएको थियो । अदालतकाे आदेश पछि पनि मृतकको अन्त्येष्टि हुन सकेको थिएन ।


श्रेष्ठकाे मृत्युु सम्बन्धमा घटना रहस्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए ।उनको मृत्यु सम्वन्धमा अनुसन्धानकाे लागि मृतक लामिछानेको श्रीमान , सासु र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेकाे थियो । घरको काेठामा पंखामा झुन्डिएर आत्महत्या गरेको परिवार पक्षको भनाइ रहेको थियो भने माइती पक्षले घटना नियाेजित भएको र यसमा परिवारका सदस्यहरूकाे हात रहेको आराेप लगाइ जाहेरी दिएका थिए ।


मृतक अनिशाकाे माइती पाेखरा स्थित कुँडहर हाे र उनको माइती श्रेष्ठ परिवारका हुन् । पाेखराकि श्रेष्ठ र म्याग्दे ३ धयेरेका दिपेश लामिछाने बिच १ वर्ष अगाडि प्रेम बिवाह भएको थियो । उनिहरू दुबै जना आदिकवि भानुभक्त क्याम्पसमा अध्यनरत समेत रहेका थिए । मृतक अनिशाकाे सव अहिलेसम्म गण्डकी अस्पतालमा रहेको थियो । उनको पाेखराकाे रामघाटमा अन्त्येष्टि गरिएको छ ।

























