३९ औ तनहुँ जुनियर युुवा तथा शिक्षक नायक गोष्ठिको उद्घाटन सत्र सम्पन्न

युुवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयाेजनामा क्याम्पस सभाहलमा दुई दिने (१९–२० जेठ) आवसीय ३९ औ तनहुँ जुनियर युुवा तथा शिक्षक नायक गोष्ठिको उद्घाटन सत्र सम्पन्न भएको छ ।


युुवा रेडक्रस सर्कल आ.भा.क्याका अध्यक्ष सुमन खड्काकाे अध्यक्षतामा भएको कार्यक्रमकाे व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।कार्यक्रममा नेरेसो तनहुुँ अध्यक्ष प्रा.डा. कृष्ण प्रसाद गातैम, गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल, क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ मन्त्री सूर्यचन्द हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, जिल्ला जुनियर तथा युवा संयोजक विमल गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा स्वागत स्ववियुु सचिव अनुप आलेले र सञ्चालन युुवा रेडक्रस सर्कल उपाध्यक्ष पुष्प पण्डित तथा सचिव मौसमी थापाले गरेका थिए । कार्यक्रममा युुवा जुनियर रेडक्रस सर्कलका ७२ विद्यालयका २१६जना छात्र, छात्रा एवं शिक्षक नायक लगायतको उपस्थिती रहेको थियो ।



























