ईन्जिनियर कैनी मृत्यु प्रकरण – अवरुद्ध राजमार्ग खाेल्ने सहमति
तनहुँको व्यास नगरपालिका-१ अग्रेनीमा सोमबार दिउँसो ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित पक्षले अवरुद्ध गरेकाे सडक खुलेको छ । जिल्ला प्रशासन कार्यालयमा पिडीत पक्ष , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख , याेजनाका ठेकेदार लगायतको बार्तामा ४ बुँदे सहमति भए सँगै राजमार्ग खुलाउने सहमति भएको हाे ।


सहमति अनुसार भाेलि बिहान १० बजे चाइनिज काे प्राेजेट मेनेजर सग बार्तामा बस्ने , ट्याङ्कर चालकलाई हदै सम्मको कारवाहि गर्ने ,घटना स्थलमा प्रमाण पुर्न लगाउने र पुर्ने लाई तत्कालै पक्राउ गरेर कारबाही गर्ने ,पिडित परिवारलाई अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र अवरुद्ध राजमार्ग तत्कालै खुलाउने लगायतको सहमति भएको छ ।


मुग्लिन पोखरा सडक आयोजनाको पानी हाल्ने ट्याङ्करको ठक्करबाट व्यास-१२ घर भइ व्यास नगरपालिकामा कार्यरत २९ वर्षीय इन्जिनियर प्रविण कैनीको मृत्यु भएपछि पीडित पक्षले दमौली-घाँसीकुवा सडक खण्ड अवरुद्ध गरेका थिए । पीडित पक्षले दाेसिलाइ कडा सजायको माग गर्दै टायर बाल्नुका साथै नाराबाजी गरेका थिए ।

ट्याङ्कर चालकले जानी जानी व्याक गरी मोटरसाइकल किचेको र प्रहरीले घटना लुकाएको पीडित पक्षको आरोप थियो सहमति भए सँगै ६ घण्टा पछि अबरुद्ध बाटो खुलेको छ ।


























