माेहन बतास फाउन्डेसन ब्याडमिन्टन प्रतियोगिता जेठ ३२ र असार १ गते हुने

माेहन बतास फाउन्डेसन ब्याडमिन्टन प्रतियोगिता जेठ ३२ र असार १ गते हुने

दमाैलीमा प्रथम माेहन बतास फाउन्डेसन ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको छ । व्यास नगर व्याडमिन्टन क्लबद्वारा यही जेठ ३२ र असार १ गते गरि दुई दिन हुने प्रतियोगिता व्यास २ स्थित उत्तरशिला चलचित्र मन्दिरको कवर्डहल दमाैलीमा हुने छ ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ पुरुष जोडी C Level व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको व्यास नगर ब्याडमिन्टन क्लवका सदस्य सुमन श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. २५ हजार (मेडल, ट्रफी, प्रमाण-पत्र) ,द्वितीय पुरस्कारः नगद १५ हजार – (मेडल, ट्रफी, प्रमाण-पत्र) तथा सान्त्वना पुरस्कार दुई जनालाई नगद रु ५/५ हजार – (मेडल, ट्रफी, प्रमाण-पत्र) रहेको छ । यस्तै प्रतियोगितामा टिम दर्ताकाे अन्तिम मिति जेठ ३१ गते बिहान ११ बजे सम्म र दर्ता शुल्क २ हजार ५ सय राखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page