भानुमा सुरु आँखा उपचार केन्द्रको नगर प्रमुख त्रिपाठी द्वारा उद्घाटन
भानु नगरपालिका नेपाल नेत्रज्योति संघ ,भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिकाको संयुक्त सहकार्यमा भानु-२ नारेश्वरटारमा आँखा उपचार केन्द्र सुरु भएको छ । उपचार केन्द्रकाे बिहीबार एक कार्यक्रमका बिच भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले उद्घाटन गरेका छन् ।


समुद्वघाटन कार्यक्रमको पहिलो दिनमा निशुल्क आँखा शिविरको सञ्चालन गरीएको भानु नगरपालिकाले जनाएको छ । शिविरमा ५६८ जनाले नि:शुल्क आँखाको चेकजाँच गराएकाेमा सुक्रवार ४१ जनाले नि:शुल्क आँखाको अप्रेशन गर्ने बताइएको छ ।





























