बुहारीकाे किरियाकाे ८ दिनमा सासुले गरिन् पिडा सहन नसकेर आत्महत्या

बुहारीकाे किरियाकाे ८ दिनमा सासुले गरिन् पिडा सहन नसकेर आत्महत्या

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ स्थित धयेरेकि सारदा लामिछानेकाे मृत्यु सम्बन्धि खबर बुधबार बाहिरिएपछि आफन्त , छरछिमेक सबैलाई आश्चर्यचकित बनायो । लामिछाने पछिल्लो केही समय बन्दीपुर १ नाहालामा रहेको माइत बस्दै आएकि थिइन् र माइतमै आत्महत्या गरेकी थिइन् । उनको मृत्युको खबर फरक खालको र परिवारमा अस्वाभाविक थियो । किनकि उनको घर धयेरेमा बुहारीकाे किरिया चल्दै गरेको ८ दिन मात्रै भएको थियो ।

बुहारी अनिशा श्रेष्ठ / लामिछानेको किरियामा कान्छो ससुरा बसेका थिए । तर किरिया बस्दाबस्दै सासु सारदाकाे मृत्युको खबरले पण्डितले उक्त किरिया त्यहिदिन बन्द गराएका थिए । पण्डित नारायण शर्मा भट्टराईले सासुकाे मृत्यु पछि अब सासुकै किरिया सुरु हुने भएकोले बुहारीकाे किरियाकाे काम ८ दिनमै गहुत खुवाएर टुङ्ग्याएकाे बताए । भट्टराईले घटना सार्है दुखद भएको भन्दै यसले सबैलाई आश्चर्यचकित बनाएको बताए ।

सारदाकी बुहारी बैशाख १५ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकि थिइन् । उनको मृत्युु सम्बन्धमा घटना रहस्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए । उनको मृत्यु सम्वन्धमा अनुसन्धानकाे लागि मृतक अनिशाकाे श्रीमान , सासु र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेकाे थियो । घरको काेठामा पंखामा झुन्डिएर आत्महत्या गरेको परिवार पक्षको भनाइ रहेको थियो भने माइती पक्षले घटना नियाेजित भएको र यसमा परिवारका सदस्यहरूकाे हात रहेको आराेप लगाइ जाहेरी दिएका थिए ।


मृतक अनिशाकाे माइती पाेखरा स्थित कुँडहर हाे र उनको माइती श्रेष्ठ परिवारका हुन् । पाेखराकि श्रेष्ठ र म्याग्दे ३ धयेरेका लामिछाने बिच १ वर्ष अगाडि प्रेम बिवाह भएको थियो ।


बुहारी अनिशाकाे मृत्युु प्रकरणमा गण्डकी अस्पताल पाेखराले पाेष्टमार्टम रिपोर्टमा सामान्य देखाएको थियो । तथापि तनहुँ जिल्ला अदालतमा मुद्दा चल्दै थियो । भित्र थुनछेक बहस र मुद्दाको फैसला हुने दिन बुधबार बाहिर अनिशाकाे माइती पक्षले नारावाजी गरिरहेको थियो । त्यही समयमा तनहुँ जिल्ला अदालतको आदेश आयाे , श्रीमान र ससुरा लाई थुनामा र सासुलाई धराैटिमा छुटाउने ।उनका श्रीमान र ससुरा पुर्पक्षका लागि थुनामा गए भने सासू सारदा ५० हजार धराैटिमा छुटिन् ।

२५ दिनसम्म प्रहरी हिरासतमा बस्नपर्दाकाे पिडा , श्रीमान र छाेरा पुर्पक्षकाे लागि कारागार चलान लगायतका बिषयले उनमा नैराश्यता छायो । माइतमा बसेकी सारदा बिहान अवेरसम्म नउठेपछि बाेलाउन जाँदा नवाेलेकाे , भित्रबाट ढाेका लगाएको देखेपछि झ्यालबाट हेर्दा उनले झुन्डिएर आत्महत्या गरेको देखेपछि प्रहरीलाई खबर भएको थियो ।

मृतक सारदाले लेखेको सुसाइट नाेट प्रहरीले फेला पारेको छ । यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँमा बुझ्दा सुसाइट नाेट फाले पारेको र त्यसवारेमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । यता सारदाकाे आफन्तहरूले भने बारम्बार बुहारीकाे माइती पक्षले टचर दिएर सहन नसकेर आत्महत्याकाे बाटो राेज्नपरेकाे आशयकाे सुसाइट नाेट फेला पारेको बताएका छन् । मृतक सारदाकाे अन्तिम दाहसंस्कार भइसकेको छ । उनी जनगणपति मावि धयेरेकि शिक्षिका समेत थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page