दमाैली सभा हल ९ महिनादेखि थाराे भैंसी सरह!

दमाैली सभा हल ९ महिनादेखि थाराे भैंसी सरह!

राष्ट्रपति रामचन्द्र पाैडेलले गत असाेज ६ गते तामझामका साथ उद्घाटन गरेको दमाैली सभा हल अहिलेसम्म प्रयाेगमा आउन नसक्दा थाराे भैंसी सरह भएको छ । उद्घाटन भएको करिब ९ महिना हुँदापनि न त सभा हल बनाउने ठेकेदारले रकम पाउन सकेका छन् , न त सम्पन्न गराएर भवन हस्तान्तरण हुन नैँ सकेको छ ।

२३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रूपयामा डाँफे एमए प्रतिस्ठा जेभीले उक्त सभा हल निर्माण गरेको हाे।
भवन हस्तान्तरण समेतको काम लम्बिंदा भवन प्रयाेगमा आउन सकेको छैन । ६ हजार ५ सय बर्ग फिट क्षेत्रफलमा रहेको ४ तले सभा हलकाे भुँइतलामा पार्किङ , दाेस्राे तलामा स्टेज , तेस्रो तलामा सेमिनार हल रहेको छ । लामो समय सम्म सभा हल प्रयाेगमा आउन नसकेपछि सर्वसाधारणले यसलाई थाराे भैँसि जस्तो भयो भन्दै टिप्पणी गरेका छन् । थाराे भैंसीले न त दूध दिन्छ न त बिक्री हुन्छ, त्यस्तै भयो याे हल पनि न त प्रयाेगमा आउछ न त कार्यक्रमलाई भाडामा लाग्छ!


,

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page