म्याग्देमा बसले ठक्कर दिँदा घाइते भएका पुरूषकाे मणिपालमा उपचार हुँदै
तनहुँकाे म्याग्दे गाँउपालिका वडा नं.६ अकला स्थित पृथ्बी राजमार्गमा बसले ठक्कर दिँदा एकजना घाइते भएका छन् । पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको GAA 0067 न. को बसले हालसम्म नामथर वतन नखुलेको अ. ३५।४० बर्षका पैदल हिंडिरहेका पुरुष ब्यक्तिलाई ठक्कर दिई घाईते बनाएको प्रहरीले जनाएको छ ।


बसको ठक्करबाट घाईते भएका ती पुरूषलाइ उपचारको लागि जि.पि कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँ हुँदै थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरा पठाईको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ । पुरूषलाइ ठक्कर दिने बस र चालक प्रहरीकाे नियन्त्रणमा रहेको, घाईतेको नाम, थर र वतन पत्ता लगाउने र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गर्ने काम भईरहेको समेत प्रहरीले जनाएको छ ।


उक्त घाइतेलाइ चिन्नुहुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय तनहुँको मोवाईल नम्वर ९८५६०९०१७८ मा सम्पर्क गरिदिन हुन प्रहरीले अनुरोध गरेको छ ।



























