महिलाको लागि ५ दिने कृष्टल माला , पाेते , टप र औठि बनाउने तालिम सम्पन्न

महिलाको लागि ५ दिने कृष्टल माला , पाेते , टप र औठि बनाउने तालिम सम्पन्न

महिलाहरुको लागि कृष्टल माला , पोते , टप र औठि बनाउने सम्बन्धि ५ दिवशिय तालिम सम्पन्न भएको छ । महिला उधमि संघ नेपाल तनहुँको आयोजना तथा ब्यास नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा भएको ५ दिने उक्त तालिमकाे ब्यास नगरपालिका वडा नं ९ का अध्यक्ष सुरेश थापाले प्रमाणपत्र वितरण गरि समापन गरेका थिए ।

सहभागी हरूलाइ प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि थापाले तालिमले महिलाहरूलाइ आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्न सके मात्रै तालिमकाे उपलब्धि हुने थापाको भनाइ थियो । हामीले तालिम लिएर प्रमाणपत्र दराजमा लगेर थुपार्ने नभइ उपभाेग गर्नुपर्छ उनले भने ।


महिला उधमि संघ नेपाल तनहुँकि अध्यक्ष निर्मला मल्लकाे अध्यक्षतामा गजौडे आमा समुहको भवनमा सम्पन्न्न कार्यक्रममा अन्य जनप्रतिनिधिहरू लगायत महिला उद्यमि र प्रशिक्षार्थीहरूकाे सहभागीता रहेको थियो ।

म. उ. सं. ने. त. शुक्लागण्डकि ईकाइ का अध्यक्ष एवम् प्रशिक्षक तुलशि शाह ले उक्त कार्यक्रमकाे सहजिकरण गरेकि थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page