म्याग्देमा खाद्य स्वच्छता सम्बन्धि अन्तरक्रिया !

तनहुँकाे म्याग्दे गाउँपालिकाले खाद्य स्वच्छता युवा उद्यमिहरूलाइ जनचेतना अभिवृद्धि विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पालिका भित्रका उद्योग बाणिज्य संघ , हाेटल व्यवसायी लगायतको बाक्लो उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रमकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।
कार्यक्रमकाे उद्घाटन गर्दै श्रेष्ठले म्याग्दे गाउँपालिका सबै क्षेत्रमा अब्बल रहेको बताए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहाेरा , आन्तरिक राजस्व कार्यालय तनहुँका प्रमुख डमरू पराजुली ,म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेति आचार्य , म्याग्दे ७ का वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठ , गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्याैपाने लगायतले गुणस्तर र सरसफाइमा ध्यानदिनुपर्ने कुरामा जाेड दिएका थिए ।
































