तनहुँ जिल्ला लिग फुटबल असार ७ गतेदेखि दमाैलीमा हुने

तनहुँ जिल्ला लिग फुटबल असार ७ गतेदेखि दमाैलीमा हुने


तनहुँ जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता असार ७ गतेदेखि १५ गतेसम्म दमाैलीकाे विपी बनवाटिकामा हुने भएको छ । प्रतियोगिता हुने बारेमा मंगलबार दमाैलीमा आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार तनहुँका ए डिभिजनका १० वटा क्लवहरू बिच प्रतिस्पर्धा हुने छ ।

फुटबल खेलको दिर्घकालिन विकास गर्ने निति अनुरुप तनहुँ जिल्ला फुटवल संघले तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता २०८०/८१ आयाेजना गरेको संघका जिल्ला अध्यक्ष सत्य भक्त पालिखेले बताए । प्रतियोगिता जिल्ला लिग र जिल्ला लिग छनौट गरी दुई चरणमा गरि कम्तिमा १५ दिन खेल सन्यालन हुने अध्यक्ष पालिखेले जानकारी दिए ।

१० क्लबहरुमध्ये तनहुँ जिल्ला लिगमा सहभागीता नजनाउने दुईवटा क्लवहरु रेलीगेसनमा पर्ने भन्दै उनलेे तनहुँ जिल्ला फुटबल संघसंग जावद्ध नभएका अन्य क्लबहरु बिच नकआउट आधारमा तनहुँ जिल्ला लिग छनौट फुटबल प्रतियोगिता २०८०/८१ सन्चालन गरिने र यस चरणको विजेता र उपविजेता अर्को वर्षको जिल्ला लिगमा सहभागी हुने भएका छन् । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डे , खेलकुद कार्यालय प्रमुख शिवहरी पण्डित , महासचिव नवीन श्रेष्ठ , उपाध्यक्ष हरि तिमिल्सिना , काेशाध्यक्ष कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

पत्रकार सम्मेलनमा एन्फाको कार्यक्रम अनुसार
तनहुँ जिल्लामा फुटबल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगिता आयाेजना गरिएको बताइएको थियो । अखिल नेपाल फुटबल संघसँग आवद्ध यस संस्थाले अखिल नेपाल फुटबल संघको वार्षिक कार्ययोजनानुसार फुटबल खेलको विकासको लागि जिल्ला फुटवल लिग, विद्यालय स्तरिय फुटवल प्रतियोगिता, ग्रासरुट कार्यक्रम, ग्रासरूट लिग, प्रशिक्षक तालिम, रेफ्री तालिम, विभिन्न उमेर समुहको खेलाडी छनौट कार्यक्रम जस्ता फुटवल खेलसँग सम्बन्धित कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।

तनहुँ जिल्ला लिग २०८०/८१ को विजेताले गण्डकी प्रदेश फुटबल संघले आयोजना गर्ने गण्डकी प्रदेश फुटवलमा सहभागी हुने अवसर पाउनेछ। गण्डकी प्रदेश फुटबल लिगमा गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुको जिल्ला लिग विजेता क्लवहरूकाे सहभागीता रहनेछ ।

यश प्रतियोगिताकाे लागि करिब १४ लाख रूपया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा बिजेता टिमलाई १ लाख नगद तथा स्वर्णपदक , प्रमाणपत्र तथा दाेस्राे हुने टिमलाई ५० हजार नगद तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


यस्तै सर्वाेत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक , उत्कृष्ट डिफेन्डर लगायतलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page