श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनकाे अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार दमाैलीमा सम्पन्न भएको छ ।
न्युनतम पारिश्रमिक निर्धारण समितिकाे आयाेजनामा भएको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष संगीता खड्काले बिश्वभरि नै पत्रकारीता क्षेत्रमा संकट आएकाे बताइन् । प्रविधिले ल्याएको चुनाैतिले पनि पत्रकारिता क्षेत्र अफ्ट्यारोमा परेको भन्दै अध्यक्ष खड्काले तालिमको कमीले पनि याे क्षेत्रमा अब्बलता ल्याउन नसकेको बताइन् । क्षमता बिकास , दक्षता अभिवृद्धि गर्नेतर्फ तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले तत्कालै तालिम ल्याउने तर्फ समितिले साेचेकाे उनको भनाइ थियो ।अहिलेकाे समयमा
प्रविधिलाई पछ्याउन सक्यौं भने अझै पनि पत्रकारिता क्षेत्रमा निराशा नरहेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेलकाे अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा
न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारी , प्रेस स्वतन्त्र सेनानी बिश्वबन्दु भण्डारी , पुर्व अध्यक्ष ओमकार आचार्य , प्रताप राना लगायतले आफ्नो कुरा राखेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page