१८ हजार दर्शकले अवलोकन गर्दै सकियो म्याग्दे महाेत्सव

प्रथम म्याग्दे महोत्सवमा करिब १८ हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन । म्याग्दे गाउँपालिका वडा नं ४ थर्पुमा आयोजित महोत्सवको उक्त दर्शकले अवलोकन गरेका हुन । महाेत्सव मुल समारोह समिति संयाेजक गाैरबराज रानाले झण्डै १८ हजार दर्शकले महोत्सवको अवलोकन गरेको बताए । महोत्सव अवधिभरमा भएको आर्थिक कारोबारकाे हिसाब दिउँसो सम्ममा निस्कने जानकारी उनले दिए ।

महोत्सव सोचे भन्दा बढी सफल भएको दावी रानाले गरे । महोत्सव सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई महोत्सवका संयोजक राना र आयाेजक थर्पु युवा क्लवका अध्यक्ष नवराज हमालले धन्यवाद दिएका छन् । विभिन्न चुनाैतिका बाबजुद महाेत्सव सफल बनेको भन्दै राना र हमालले अतिथि , कलाकार , दर्शक , सुरक्षानिकाय , क्लवका परिवार एवम् सिङ्गो म्याग्देवासि प्रति आभार व्यक्त गरेका छन् ।


महाेत्सव समापन कार्यक्रममा प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले थर्पु युवा क्लव र यसमा रहेका युवाहरूको जाेश , आँट र हुटहुटिलाइ सम्मान गर्दै अभिभावकिय भुमिका खेलेको बताए । म्याग्दे महाेत्सवले धेरै क्षेत्रमा शिक्षा दिएको भन्दै अध्यक्ष श्रेष्ठले पहिलोपटक थर्पु युवा क्लव आयाेजक भए पनि अबका दिनमा जाेसुकै आयाेजक बनेर महाेत्सव गर्न सक्ने एउटा रेखा काेरिएकाे उनले बताए । म्याग्देलाइ चिनाउन महाेत्सवले अत्यन्तै महत्त्वपूर्ण भुमिका खेलेको श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सम्पुर्ण म्याग्देवासिकाे मन मनमा म्याग्दे महाेत्सव सफल बनाउन पर्छ भनेर लागेको पाउँदा अत्यन्तै खुसी लागेको बताए । याे महाेत्सवकाे आयाेजक थर्पु युवा क्लव भए पनि सबै म्याग्देवासिले हाम्रो महाेत्सव हाे भन्ने भावना राखेकाले महाेत्सव साेचे भन्दा बढी सफल भएको घिमिरेको भनाइ थियो ।


थर्पु युवा क्लवका अध्यक्ष नवराज हमालकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , जिल्ला समन्वय समिति सदस्य डाेलबहादुर सुनार , वडाअध्यक्षहरू क्रमशः दिपक श्रेष्ठ , बसन्त श्रेष्ठ ,टुकराज अधिकारी , दिलबहादुर नेपाली , दिलीपकुमार श्रेष्ठ , दुर्गाबहादुर अधिकारी , राजन नेपाली लगायतका वक्ताहरूले बाेलेका थिए । उक्त अवसरमा प्रमुख अतिथि एवम् अन्य अतिथिहरू लाई मायाको चिनाे प्रदान गरिएको थियो । महाेत्सवकाे अन्तिम दिनमा गायक ढाकाराम पाैडेल , मनाेज गाैडेल , सरस्वती लामिछाने लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए ।




























