एपेन्डिक्स बिरामी सलिनालाई सहयोग जुट्ने क्रम तिव्र

एपेन्डिक्स बिरामी सलिनालाई सहयोग जुट्ने क्रम तिव्र

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रे घर भएकि एपेन्डिक्स बिरामी सलिना गुरूङलाई आर्थिक सहयोग जुट्ने क्रम तिव्र रूपमा अगाडि बढेको छ । १६ वर्षीय सलिना विगत ३ महिना देखि एपेन्डिक्सले घरमै थलिएर बसेकाे र आर्थिक अवस्था कमजोर भएकोले समयमा उपचार गर्न नसकेको भन्ने समाचार तनहुँ प्रेस ठट कम मा साेमबार प्रकाशित भएपछि अहिले देशबिदेशमा रहेका नेपाली दाजुभाइहरूबाट सहयोग रकम जुट्न थालेको छ।

यसैबीच मंगलबार दिल गुरुङबाट दस हजार र जिल्ला समन्वय समितिका पुर्व प्रबक्ता गल गुरुङबाट प्राप्त दुई हजार गरि १२ हजार रूपयां सहयोग रकम गुरूङले बिरामी सलिनालाई हस्तान्तरण गरेका छन् ।यस अगाडि म्याग्दे दमाैली समाजका अध्यक्ष भाग्यशाली ढुंगानाकाे नेतृत्वमा गएको टाेलिले बिरामी गुरूङकाे घरमा पुगी १० हजार पन्ध्र रूपयाँ सहयोग गरेको थियो ।

बिरामी गुरूङकाे घरमा आमा मात्रै भएको र बुवा १२ वर्षदेखि मलेसियाबाट बेपत्ता भएको बिरामीकि आमा ढकमाया गुरूङले बताइन् । आम्दानिकाे बाटो केही नभएकोले छाेरिकाे उपचार गर्न समस्या भएको भन्दै उनले छाेरिकाे उपचारको लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेकि छन् ।

व्यास नगरपालिका-५ ठुलोटार स्थित उदय माबिमा कक्षा ९ मा अध्यनरत १६ वर्षीय सलिनाको एपेन्डिक्स भएर थलिएपछि स्कुल जान छाडेकी थिइन् ।

बिरामीको स्वास्थ्य अवस्था पनि र आर्थिक अवस्था पनि कमजोर भएकाले छिटोभन्दा छिटो उपचारका लागि अस्पताल लैजानुपर्ने देखिएकाले धेरथोर सहयोग गरेकोे सहयोगी गल गुरूङले बताए ।यस अगाडि उनकाे उपचारको लागि म्याग्दे गाउँपालिकाबाट , उदय मावि बाट ,छरछिमेक आफन्तबाट सहयोग भएको थियो । यसैबीच बिरामी सलिनाकाे आमा ढकमाया गुरूङकाे नाममा सुप्रिम सहकारी म्याग्देमा खाता खुलेको छ । उनको खाता नम्बर र qr आज उपलब्ध हुने र त्यसैमार्फत सहयोग जुटाउन सकिने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page