तनहुँकाे मीन माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा संयुक्त अनुगमन भ्रमण

तनहुँकाे मीन माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा संयुक्त अनुगमन भ्रमण

रूम टु रिड/पढ्नकाे लागि काेठाकाे आर्थिक तथा प्राविधिक सहयोग एवम् सहकार्य र स्थानीय सराेकारवाला सँगकाे सहभागीतामा तनहुँकाे म्याग्दे गाउँपालीका अन्तर्गत मीन मावि थर्पुमा संचालित बालिका शिक्षा कार्यक्रमकाे संयुक्त अनुगमन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रूम टु रिडकाे बालिका शिक्षा कार्यक्रमले समाज सँगै बालिकाहरूमा कस्तो प्रभाव पारेको छ भन्ने बारेमा छलफलकाे लागि सराेकारवाला पक्ष भेला भएको रूमटुरिडले जनाएको छ ।

रूम टु रिडकाे लक्ष बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर दिनु रहेको र रूमटुरिडले सञ्चालन गरेको कामको बारेमा स्थानीय तहकाे कस्तो धारणा गराइरहेको छ भन्ने बारेमा प्रस्ट हुनु पनि रहेको थियो । पालिका र रूम टु रिड बिच कसरी सँगसँगै जान सकिन्छ , कस्तो किसिमको सहकार्य आवस्यक पर्दछ लगायतका बिषयकाे छलफलले भविस्यमा गरिने कार्यक्रममा याेजना बनाउन सकिने सराेकारवालाकाे भनाइ थियो ।

कार्यक्रममा मीन माविका प्रअ राजेन्द्र भण्डारीले बालिका शिक्षा कार्यक्रम अत्यन्तै उपयोगी भएको बताए । प्रअ भण्डारीले पढाइलाई बिचैमा छाेडेका बिद्यार्थीहरू लाई निरन्तरता दिन यसले अत्यन्तै सहयोगी भुमिका खेलेको बताए ।

जिवनाेपयाेगी सीप सत्रहरू अनुगमनका क्रममा सराेकारवालाहरूले बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका छन् । रूम टु रिड तथा पढ्नकाे लागि काेठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै परिक्षाकाे समयमा तनाबकाे व्यवस्थापन कसरी गर्ने , आफुले आफुलाइ कसरी सान्त पार्ने भन्ने लगायतका बारेमा शिक्षा दिने गरेको छ ।

बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको म्याग्दे गाउँपालिका वडा नं ४ मा रहेको मीन मावि कक्षा १० मा अध्यनरत छात्राहरूले जीवन उपयोगी शिक्षाले आफुहरूकाे आत्मबल बढेको बताए । उनिहरूले जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताएका थिए । सहभागि हरूले अन्य सबै भएको कक्षा काेठामा लिने शिक्षा भन्दा याे शिक्षा प्रभावकारी भएको बताएका थिए ।

सराेकारवालाकाे उपस्थितिमा जीवन उपयोगी शिप तालिम अन्तर्गत बरिस्ठ सामाजिक परिचालक एवम् सहजकर्ता बबिता श्रेष्ठले कक्षा १० का बालिकाहरूलाई जीवन उपयोगी सीप सत्र संचालन गरेकि थिइन् । परिक्षाकाे बेलामा तनावकाे व्यवस्थापन कसरी गर्ने ,आफुले आफुलाइ कसरी सान्त पार्ने जस्ता बिषयमा उक्त अवसरमा कक्षा सञ्चालन भएको थियो । प्रत्यक्ष रूपमा कक्षा हेर्न पाएका सराेकार वालाहरूले कार्यक्रम ज्यादै प्रभावकारी भएको बताए ।

यस कार्यक्रमले बिद्यार्थीहरूकाे उत्साह , आट र साहस बढाउनमा मद्दत गर्ने म्याग्दे गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । बिद्यार्थीहरूमा फरकपना सँगै आत्मबल बढाउने खालको शिक्षा भएकोले यसलाई प्राेत्साहन गर्न गाउँपालीका सहकार्यकाे लागि तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

यस्तै गाउँपालीकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बालिका शिक्षा कार्यक्रम अत्यावश्यक रहेको बताए । याे महत्त्वपूर्ण कार्यक्रमलाई राजमार्ग आसपास , सुगम ठाउँमा मात्रै नभइ भित्री र दुर्गम बिद्यालयहरूमा पनि लानुपर्ने घिमिरेकाे सुझाव थियो । संयुक्त अवलोकन भ्रमणका क्रममा गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यसको दिगाेपनाकाे अपेक्षा गाउँपालीकाले गरेको बताए । कार्यक्रमकाे निरन्तरताको लागि स्थानीय सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा रूम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पाेखरेलले सबैकाे चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा स्थानिय स्तरमा अझ प्रभावकारी बनाउन लागि पर्ने बताए । पाेख्रेलले बिद्यालय , बालिका , अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामि दिनमा यस कार्यक्रमकाे बिस्तारकाे लागि स्थानीय तह सँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नाे याेजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्नमा तयार रहेको बताए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठ , पढ्नका लागि काेठा फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पाेख्रेल , म्याग्दे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धि सागर खनाल , गापा याेजना शाखा प्रमुख श्रीराम खनाल , महिला तथा बालबालिका शाखा प्रमुख सुकमाया राना , प्राविधिक सहायक महेश भट्टराई , आलेप सुजित बराल , पढ्नका लागि काेठा बरिस्ठ कार्यक्रम सहायक मन्जु लाेहनी , पढ्नकाे लागि काेठा कार्यक्रम सहायक मिना मझाकाेटी , बरिस्ठ सामाजिक परिचालक सुनिता तिवारी , चित्र बहादुर शाही , गिता लम्साल , सृजना पाेख्रेल लगायत सराेकारवाला व्यक्तिहरूकाे सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page