जिल्ला लिग फुटबल – खेलमैदान पानी पाेखरी हुँदा सबै खेल स्थगित

जिल्ला लिग फुटबल – खेलमैदान पानी पाेखरी हुँदा सबै खेल स्थगित

तनहुँकाे दमाैलीमा सुक्रवार देखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिताका सबै खेलहरू बुधबार स्थगित भएका छन् । खेलमैदान मर्मत गर्न मंगलबार स्थगित गरिएको खेल बुधबार फेरि खेलमैदान पानी पाेखरि हुँदा स्थगित गर्नुपरेको हाे । प्रतियोगिता अन्तर्गत निर्मल स्कुलको खेलमैदानमा हुँदै आएकाे खेल बुधबारदेखि वीपी वन वाटिकाकाे खेलमैदानमा हुने भनिएको थियो । तर रातभरिकाे पानीले उक्त खेलमैदान जलाम्मे भएकोले खेल नैं प्रभावित भएको छ ।

निर्मल स्कुलमा धेरै दिन खेल सञ्चालन हुँदा पढाइमा डिस्टर्व हुने हुँदा आयाेजकले मंगलबारकाे खेल स्थगित गरि वीपी वनवाटिका खेलमैदान मर्मत गरि बुधबारदेखि त्यहाँ खेल खेलाउने तयारी गर्दै थियो । मंगलबार दिनभरि राेलर लाउने , मैदान सम्याउने , गाेलपाेस्ट बनाउने गरेका आयाेजकले बुधबार त्यहाँ खेल खेलाउने तयारी गरेका थिए । तर पानी परेर खेलमैदाननै पानी पाेखरि भए पछि खेल नैं स्थगित भएको हाे । बुधबारका सबै खेल स्थगित गरिएको खेल संयाेजक कुमार श्रेष्ठले बताए । दमाैलीमा फुटबल मैदान राम्रो नहुँदा खेलाडी एवम् खेलप्रेमि हरू निराश भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page