तनहुँकाे हाेरालाे माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा संयुक्त अनुगमन भ्रमण

तनहुँकाे हाेरालाे माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा संयुक्त अनुगमन भ्रमण

रूम टु रिड/पढ्नकाे लागि काेठाकाे आर्थिक तथा प्राविधिक सहयोग एवम् सहकार्य र स्थानीय सराेकारवाला सँगकाे सहभागीतामा तनहुँकाे भानु नगरपालिका अन्तर्गत हाेमराज लाेहनी सारदा शिक्षा सदनमा संचालित बालिका शिक्षा कार्यक्रमकाे संयुक्त अनुगमन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रूम टु रिडकाे बालिका शिक्षा कार्यक्रमले समाज सँगै बालिकाहरूमा कस्तो प्रभाव पारेको छ भन्ने बारेमा छलफलकाे लागि सराेकारवाला पक्ष भेला भएको रूमटुरिडले जनाएको छ ।

रूम टु रिडकाे लक्ष बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर दिनु रहेको र रूमटुरिडले सञ्चालन गरेको कामको बारेमा स्थानीय तहमा कस्तो धारणा गराइरहेको छ भन्ने बारेमा प्रस्ट हुनु पनि रहेको थियो । पालिका र रूम टु रिड बिच कसरी सँगसँगै जान सकिन्छ , कस्तो किसिमको सहकार्य आवस्यक पर्दछ लगायतका बिषयकाे छलफलले भविस्यमा गरिने कार्यक्रममा याेजना बनाउन सकिने सराेकारवालाकाे भनाइ थियो ।

कार्यक्रममा हाेरालाे माविका प्रअ गाेविन्द प्रसाद भट्टराईले बालिका शिक्षा कार्यक्रम अत्यन्तै उपयोगी भएको बताए । प्रअ भट्टराइले पढाइलाई बिचैमा छाेडेका बिद्यार्थीहरू लाई निरन्तरता दिन यसले अत्यन्तै सहयोगी भुमिका खेलेको भन्दै कार्यक्रम निरन्तरताकाे लागि आग्रह गरे । जीवन उपयोगी सीप तथा आत्मरक्षा सम्बन्धि सिकाइले वास्तविक रूपमा जीवन जीउन सिकाएकाे भन्दै प्रअ भट्टराईले कार्यक्रमकाे मुक्त कण्ठले प्रशंसा गरे । प्रअ भट्टराईले हाेरालाे मावि लाई प्राथमिकतामा राख्न र शिक्षक माेडलमा गएर कार्यक्रमलाई निरन्तरता दिन रूमटुरिडलाइ आग्रह गरे । यदि त्यस्तो भएमा बिद्यालयले अपनत्व लिएर अगाडि बढ्ने उनको भनाइ थियो ।

जिवनाेपयाेगी सीप सत्रहरू अनुगमनका क्रममा सराेकारवालाहरूले बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका छन् । रूम टु रिड तथा पढ्नकाे लागि काेठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै परिक्षाकाे तयारी गर्ने तरिकाहरू , परिक्षा राम्रोसँग दिने तयारीहरू तथा परिक्षाकाे तनाव व्यवस्थापन गर्ने तरिकाहरूकाे पहिचान गर्ने भन्ने लगायतका बारेमा शिक्षा दिने गरेको छ ।

बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको भानु नगरपालिका वडा नं २ मा रहेको हाेरालाे मावि कक्षा १० मा अध्यनरत छात्राहरूले जीवन उपयोगी शिक्षाले आफुहरूकाे आत्मबल बढेको बताए । उनिहरूले जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताएका थिए । सहभागि हरूले अन्य सबै भएको कक्षा काेठामा लिने शिक्षा भन्दा याे शिक्षा प्रभावकारी भएको बताएका थिए ।

सराेकारवालाकाे उपस्थितिमा जीवन उपयोगी शिप तालिम अन्तर्गत बरिस्ठ सामाजिक परिचालिका एवम् सहजकर्ता सान्ति कुमारी चाैधरिले कक्षा १० का बालिकाहरूलाई जीवन उपयोगी सीप सत्र संचालन गरेकि थिइन् । परिक्षाकाे बेलामा तनावकाे व्यवस्थापन कसरी गर्ने ,आफुले आफुलाइ कसरी सान्त पार्ने , परिक्षा राम्रोसँग दिने तरिकाहरू पहिचान गर्ने जस्ता बिषयमा उक्त अवसरमा कक्षा सञ्चालन भएको थियो । प्रत्यक्ष रूपमा कक्षा हेर्न पाएका सराेकार वालाहरूले कार्यक्रम ज्यादै प्रभावकारी भएको बताए ।

यस कार्यक्रमले बिद्यार्थीहरूकाे उत्साह , आट र साहस बढाउनमा मद्दत गर्ने भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर पाैडेलले बालिका शिक्षा कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यसको दिगाेपनाकाे अपेक्षा नगरपालीकाले गरेको बताए । कार्यक्रमकाे निरन्तरताको लागि स्थानीय सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले सबैकाे चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा स्थानिय स्तरमा अझ प्रभावकारी बनाउन लागि पर्ने बताए । पाण्डेले बिद्यालय , बालिका , अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामि दिनमा यस कार्यक्रमकाे बिस्तारकाे लागि स्थानीय तह सँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नाे याेजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्नमा तयार रहेको बताए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन राज दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भानु नगरपालिकाका उपप्रमुख उमा गाेतामे , वडा नं २का अध्यक्ष केशवराज त्रिपाठी , भानु नगरपालिका शिक्षा शाखा प्रमुख सरस्वती गुरूङ , याेजना शाखा प्रमुख युवराज ज्ञवाली , इलाका प्रहरी कार्यालय भानुका प्रमुख सुशील घिमिरे , शिक्षक अभिभावक संघका अध्यक्ष रनबहादुर विक , सहायक प्रअ दिवाकर घिमिरे , पढ्नका लागि काेठा कार्यक्रम सहायक मीना मझाकाेटी , बरिस्ठ सामाजिक परिचालक सिर्जना पराजुली , सामाजिक परिचालक कुश्मानि थारू लगायत सराेकारवाला व्यक्तिहरूकाे सहभागीता रहेको थियो ।
तनहुँका ७ वटा स्थानीय तह व्यास , म्याग्दे , ऋषिङ , शुक्लागण्डकि , भानु , बन्दिपुर र भिमाद गरि २० वटा बिद्यालयमा अध्यन गर्ने १ हजार ८ सय ५० जना बिद्यार्थी छात्राहरू यस कार्यक्रमबाट लाभान्वित छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page