तनहुँका केशबहादुर सुनचाँदी व्यवसायी महासंघको उपाध्यक्षमा उठ्ने

तनहुँका केशबहादुर सुनचाँदी व्यवसायी महासंघको उपाध्यक्षमा उठ्ने
Oplus_0


तनहुँका केश बहादुर सुनार नेपाल सुन चाँदी व्यवसायी महासङ्घको उपाध्यक्षमा उठ्ने भएका छन् । महासंघको यही असार १४ र १५ गते हुने चौंथो राष्ट्रिय महाधिवेशनमा सुनारले उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्ने बताएका छन् ।
विपिन रामुदामु टिमबाट आफ्नाे उम्मेदवारी रहने उनलेे उल्लेख गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ तनहुँका पुर्व अध्यक्ष समेत रहेका उनी ३ वर्ष केन्द्रीय सचिवमा काम गरेका अनुभवी व्यक्ति हुन् । सुनारले
सुनचाँदी व्यवसायी महासंघ केन्द्रमा स्थापना भए पछि आफु लगातार केन्द्रीय सदस्यमा रहेर काम गरेको समेत उल्लेख गरेका छन् । आफुले विजय हासिल गर्न सफल भए व्यवसायको हक हितका लागि निरन्तर रुपमा लागिरहने उनलेे प्रतिबद्धता व्यक्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page