तनहुँमा लागु औषध सम्बन्धि कार्यक्रम सम्पन्न

तनहुँमा लागु औषध सम्बन्धि कार्यक्रम सम्पन्न


जिल्ला प्रशासन कार्यालयकाे आयोजना तथा जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वयमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम गरिएको छ ।
बुधबार बिहान तनहुँ उद्योग बाणिज्य संघको सभा-हल दमाैलीमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम को अध्यक्षतामा उक्त कार्यक्रम भएको हाे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहराले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार,असर,कानूनी कारवाही बारेमा सचेतना प्रदान गरेका थिए ।

उक्त अवसरमा तनहुँ जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरू , नेपाल प्रहरी,सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा जवानहरु, उधोग बाणिज्य संघ दमौली, रेडक्रस सोसाईटी तनहुँ, जिल्ला खेलकुद बिकास समिति , नेपाल पत्रकार महासंघ , औषधी व्यवसायी संघ ,कम्युनिटी सपोर्ट ग्रुप समेतका अध्यक्ष तथा प्रतिनिधीहरुकाे उपस्थिति रहेको थियो । उक्त अवसरमा सत्यवती मा.वि.,बालमन्दिर मा.वि.,बाराही मा.वि.दमौलीका बिद्यार्थीहरु,स्काउट टोली समेतको सहभागितामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२४”समापन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page