तनहुँकाे बिष्णु माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा संयुक्त अनुगमन भ्रमण

तनहुँकाे बिष्णु माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा संयुक्त अनुगमन भ्रमण

रूम टु रिड/पढ्नकाे लागि काेठाकाे आर्थिक तथा प्राविधिक सहयोग एवम् सहकार्य र स्थानीय सराेकारवाला सँगकाे सहभागीतामा तनहुँकाे बन्दिपुर गाउँपालिका अन्तर्गत बिष्णु माविमा संचालित बालिका शिक्षा कार्यक्रमकाे संयुक्त अनुगमन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रूम टु रिडकाे बालिका शिक्षा कार्यक्रमले समाज सँगै बालिकाहरूमा कस्तो प्रभाव पारेको छ भन्ने बारेमा छलफलकाे लागि सराेकारवाला पक्ष भेला भएको रूमटुरिडले जनाएकाे छ ।

रूम टु रिडकाे लक्ष बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर दिनु रहेको र रूमटुरिडले सञ्चालन गरेको कामको बारेमा स्थानीय तहमा कस्तो धारणा गराइरहेको छ भन्ने बारेमा प्रस्ट हुनु पनि रहेको थियो । पालिका र रूम टु रिड बिच कसरी सँगसँगै जान सकिन्छ , कस्तो किसिमको सहकार्य आवस्यक पर्दछ लगायतका बिषयकाे छलफलले भविस्यमा गरिने कार्यक्रममा याेजना बनाउन सकिने सराेकारवालाकाे भनाइ थियो ।

कार्यक्रममा बिष्णु माविका प्रअ ऋषिराम ढकालले बालिका शिक्षा कार्यक्रम अत्यन्तै उपयोगी भएको बताए । प्रअ ढकालले पढाइलाई बिचैमा छाेडेका बिद्यार्थीहरू लाई निरन्तरता दिन यसले अत्यन्तै सहयोगी भुमिका खेलेको भन्दै कार्यक्रम निरन्तरताकाे लागि आग्रह गरे ।

जिवनाेपयाेगी सीप सत्रहरू अनुगमनका क्रममा सराेकारवालाहरूले बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका छन् । अनुगमनका क्रममा कक्षा अवलोकन, बालिकाले सिकेका सिकाई, सुझाव संकलनका साथै अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।
रूम टु रिड तथा पढ्नकाे लागि काेठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै परिक्षाकाे तयारी गर्ने तरिकाहरू , परिक्षा राम्रोसँग दिने तयारीहरू तथा परिक्षाकाे तनाव व्यवस्थापन गर्ने तरिकाहरूकाे पहिचान गर्ने भन्ने लगायतका बारेमा शिक्षा दिने गरेको छ ।

बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको बन्दिपुर गाउँपालिका वडा नं १ स्थित बिष्णु माविमा कक्षा १० मा अध्यनरत छात्राहरूले जीवन उपयोगी शिक्षाले आफुहरूकाे आत्मबल बढेको बताए । उनिहरूले जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताएका थिए । सहभागि हरूले अन्य सबै भएको कक्षा काेठामा लिने शिक्षा भन्दा याे शिक्षा प्रभावकारी भएको बताएका थिए ।

सराेकारवालाकाे उपस्थितिमा जीवन उपयोगी शिप तालिम अन्तर्गत सामाजिक परिचालिका एवं सहजकर्ता बेन्जिर थापाले कक्षा १० का बालिकाहरूलाई जीवन उपयोगी सीप सत्र संचालन गरेकि थिइन् । परिक्षाकाे बेलामा तनावकाे व्यवस्थापन कसरी गर्ने ,आफुले आफुलाइ कसरी सान्त पार्ने , परिक्षा राम्रोसँग दिने तरिकाहरू पहिचान गर्ने जस्ता बिषयमा उक्त अवसरमा थापाले कक्षा सञ्चालन गरेकि थिइन् । प्रत्यक्ष रूपमा कक्षा हेर्न पाएका सराेकार वालाहरूले कार्यक्रम ज्यादै प्रभावकारी भएको बताए ।

यस्ता कार्यक्रमले बिद्यार्थीहरूकाे उत्साह , आट र साहस बढाउनमा मद्दत गर्ने बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादवराज आचार्यले बताए । बालिका शिक्षा कार्यक्रम अत्यन्तै उपयोगी भएकोले यसको दिगाेपनाकाे अपेक्षा गाउँपालीकाले गरेको भन्दै आचार्यले शिक्षामा गुणस्तर ल्याउने सम्बन्धमा अन्य फरक गतिविधिबाट कार्यक्रम ल्याउँदा स्थानीय सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा रूम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पाेखरेलले बिद्यालय , बालिका , अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामि दिनमा यस कार्यक्रमकाे बिस्तारकाे लागि स्थानीय तह सँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नाे याेजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्नमा तयार रहेको बताए । पोखरेलले चालु शैक्षिक सत्र पछि कार्यक्रमको समय सकिने भएकाले आगामी शैक्षिक सत्र देखि पालिकाले आफै व्यवस्थापन गर्नको लागि तयारी रहन आग्रह गरेका थिए । आर्थिक, सामाजिक र चेतनाको हिसाबले पिछडिएका समुदायका बालबालिकाहरूलाई केन्द्रमा राखेर यस प्रकारका कार्यक्रम पालिका आफैले सञ्चालन गरिनुपर्ने उनको सुझाव थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठ , सदस्य राेशनि राउत , बन्दिपुर गाउँपालिका शिक्षा शाखाकि सिर्जना अधिकारी , याेजना शाखाबाट सरला घिमिरे , महिला बालबालिका शाखाबाट कविता पाैडेल , बि व्य .समितिका बासु पन्त सहायक प्रअ दामाेदर , पढ्नका लागि काेठा कार्यक्रम सहायक मीना मझाकाेटी , सामाजिक परिचालक कुश्मानि थारू , सान्तिकुमारी चाैधरि लगायत सराेकारवाला व्यक्तिहरूकाे सहभागीता रहेको थियो ।
तनहुँका ७ वटा स्थानीय तह व्यास , म्याग्दे , ऋषिङ , शुक्लागण्डकि , भानु , बन्दिपुर र भिमाद गरि २० वटा बिद्यालयमा अध्यन गर्ने १ हजार ८ सय ५० जना बिद्यार्थी छात्राहरू यस कार्यक्रमबाट लाभान्वित रहेको कार्यक्रम सहायक मीना मझाकाेटिले जानकारी दिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page