तनहुँका १३ वटा बिद्यालय एसईईमा निल !
बिहिवार सार्वजनिक भएको एसईईकाे परिक्षाफलमा तनहुँका १३ वटा बिद्यालय निल भएका छन् । निल खाने विद्यालय सबै सरकारी तर्फका भएको शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख उद्धव राज जमरकट्टेलले बताए । नतिजा निल अर्थात शून्य हुनेहरूमा सरस्वती मावि शुक्लागण्डकी, आदर्श सरस्वती मावि भानु, महेन्द्रमावि शुक्लागण्डकी, जय दुर्गा मावि रिसिङ, अमरसिंह मावि व्यास, दिपक मावि घिरिङ, महेन्द्रोदय मावि रिसिङ, शिव मावि बन्दिपुर, रास्ट्रिय मावि घिरिङ, कन्यादेवी मावि आबुखैरेनी, छिम्केश्वरी मावि आबुखैरेनी र महेन्द्रज्योती मावि घिरिङ रहेका छन् ।

कुल १७० वटा विद्यालयका विद्यार्थी एसईईमा सहभागीता जनाएकोमा १३ वटा विद्यालयको नतिजा शून्य रहेको प्रमुख जमरकट्टेलले बताए । जिल्लामा हाेरालाे माविका एकजना विद्यार्थी रञ्जिला क्षेत्रीले मात्रै ४ जिपिए ल्याएकि छन् ।































