लायन्स म्याग्दे द्वारा गणेश माविमा ५० हजारकाे अक्षयकोष स्थापना

लायन्स म्याग्दे द्वारा गणेश माविमा ५० हजारकाे अक्षयकोष स्थापना

लायन्स क्लव अफ तनहुँ म्याग्देले म्याग्दे ४ मा रहेको छाङ‌ गैह्रा स्थित गणेश माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ ।

विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्न क्लवले ५० हजारको अक्षयकोष स्थापना गरेको क्लवका अध्यक्ष गाैरबराज रानाले बताए ।अध्यक्ष रानाले शुक्रबार उक्त रकमको चेक विद्यालयका अध्यक्ष बमबहादुर मसराङ्गीलाई हस्तान्तरण गरेका थिए ।

अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी अध्ययनमा सहयोग पुर्याउने रानाले बताए ।
कार्यक्रममा म्याग्दे-४ का अध्यक्ष दीपककुमार श्रेष्ठले लायन्स म्याग्देले गर्दै आएको कामको प्रशंसा गरे ।

विद्यालयका प्रधानाध्यापक शिवराज घिमिरेले क्लवले गरेको सहयोगले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने भन्दै धन्यवाद दिए । सोही कार्यक्रममा क्लवले पाँच हजार बराबरको स्टेशनरी सामग्री समेत वितरण गरेको थियो ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष सुन्दरमणि अधिकारी, म्याग्दे कार्यपालिका सदस्य जानकी थापा लगायतले क्लवले राम्रो काम गरेकाे भन्दै कामको प्रशंसा गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page