जिल्ला लिग फुटबल – सेमिफाइनलमा अकला र अलस्टार तथा हैरान्स र खैरेनी भिड्ने

जिल्ला लिग फुटबल – सेमिफाइनलमा अकला र अलस्टार तथा हैरान्स र खैरेनी भिड्ने

जिल्ला फुटबल संघ तनहुँद्वारा आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आइतबार ( आज ) दिउँसो हुदैछ । सेमिफाइनल
अल स्टार युवा क्लब र अकला युवा क्लब तथा हैरान्स क्लब दमौली र. खैरेनी युवा क्लब खैरेनीटार बिच हुनेछ । अंकको आधारमा ति क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन । फाइनल खेल भाेलि सोमबार हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख र द्वितीय हुने टिमलाई ५० हजार नगदका साथै मेडल, ट्रफी, र प्रमाणपत्र उपलब्ध गराइने खेल संयाेजक कुमार श्रेष्ठले बताए ।

जिल्ला लिगबाट विजयी हुने क्लबले गण्डकी प्रदेश फुटबल लिगमा सहभागी हुने अवसर पाउने छन् । यस्तै गण्डकी प्रदेश फुटबल संघमा बिजेता क्लवले अखिल नेपाल फुटबल संघले आयाेजना गर्ने एन्फा प्रेसिडेन्ट लिगमा सहभागीता जनाउने छन् ।प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडिलाइ ५ हजार , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट मिडफिल्डरलाइ जनही ३/३ हजार र ट्रफी प्रदान गरिने छ ।

१० वटा क्लवकाे सहभागीता रहेको लिग फुटबल निर्मल स्कुलको खेलमैदानमा भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page