जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि अन्तरघुलन कार्यक्रम !

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि अन्तरघुलन कार्यक्रम !

दलित र गैरदलितका बिच जातीय विभेद एवम् छुवाछूत अन्त्यका लागि १ दिने अन्तरघुलन कार्यक्रम सम्पन्न भएको छ । दलित उत्थान एवम् प्रवर्द्धन कार्यक्रम अन्तर्गत व्यास नगरपालिका शिक्षा तथा सामाजिक बिकास शाखा महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक उपशाखाकाे आयाेजनामा आइतबार दमाैलीमा उक्त कार्यक्रम भएको हाे ।

व्यास नगर दलित समन्वय समितिका संयाेजक कृष्णबहादुर रूचालकाे अध्यक्षता तथा पुर्व सांसद प्रकाश स्नेहिकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भिमकान्त गुरूले प्रशिक्षण दिएका थिए ।


विभिन्न राजनीतिक दल , संघ संस्था , जातीय समाजका प्रतिनिधिहरूकाे बाक्लो उपस्थिति रहेको अन्तरघुलन कार्यक्रममा प्रशिक्षण दिँदै प्रशिक्षक भिमकान्त गुरूले मानव सबै समान भएको बताए । समाजमा महिला र पुरूस दुई जात मात्रै रहेको भन्दै उनलेे समतामूलक समाज निर्माण अहिलेकाे आवस्यकता रहेको बताए । जातीय रूपमा रहेको विभेद अन्त्य गर्दै छुवाछूत मुक्त समाज बनाउन लाग्नुपर्ने सहभागी बक्ताहरूकाे भनाइ थियो । समाजमा सबैभन्दा ठुलो सत्रु भनेको गरिबी भएको सहभागीहरूले बताएका थिए ।


कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद प्रकाश स्नेहिले सामाजिक न्यायका कुरा , परिवर्तनका कुरा सबै राजनीतिक दलले गरेपनि व्यवहारमा नदेखिएको बताए । विभिन्न परिवर्तनका आन्दाेलनमा दलितका छाेराछाेरि मर्दा गैरदलितका मान्छेहरू काेहिलाई त्यसको मतलव नभएको देख्दा दुख लागेको स्नेहिकाे भनाइ थियो । देशको नेतृत्वमा दलित समुदाय पुगे मात्रै अब देश बिकास निर्माण र भ्रस्टाचार मुक्त हुने उनलेे बताए ।अहिलेसम्म सबैले बिद्रोह गरे केही न केही पाए , अब बिद्रोह गर्न दलितले मात्रै बाँकी रहेको भन्दै उनलेे बिद्रोहले नैं आफ्नाे अधिकार पाउने बताए ।
समावेशी समानुपातिककाे जसले बिराेध गर्छ त्यो संविधान बिराेधी , परिवर्तनको विरोधी हाे उनले भने ।

उक्त अवसरमा पुर्व मन्त्री डाेबाटे विक , व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै , प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरे , नेपाली काङ्ग्रेसका नेता लक्ष्मीभक्त खनाल , नेकपा एमालेका नेता प्रदिप अधिकारी , राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बिश्व बास्तोला , नेकपा माआोबादीका नेता दिलबहादुर नेपाली , जिल्ला समन्वयका पुर्व उपप्रमुख पवित्रा पाैडेल , रनसिँह नेपाली , व्यास नगरपालिका महिला बालबालिका शाखा प्रमुख राधा आचार्य लगायतले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page