शुक्लागण्डकी नगरपालिकालाई दमकल हस्तान्तरण
सुर्य नेपाल प्रा.लि.ले शुक्लागण्डकी नगरपालिकालाई दमकल हस्तान्तरण गरेको छ ।शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लाई आइतबार नगरपालिकामा सुर्य नेपालले दमकल हस्तान्तरण गरेको हाे ।

नगरपालिकाले नगर भित्र हुन सक्ने सम्भावित आगलागीको क्षति न्युनिकरण गर्नका लागि सुर्य नेपाल प्रा.लि. सँग दमकल माग गरेको थियो । दमकल शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाका समेत सँग समन्वय गरेर सञ्चालनमा ल्याईने साथै दमकल सञ्चालनका लागि आवश्यक जनशक्ति र अन्य व्यवस्थापन शुक्लागण्डकी नगपालिकाले गर्ने नगर प्रमुख कृष्णराज पण्डितले वताए । दमकल सहयोग गरेकोमा नगरप्रमुख पण्डितले सुर्य नेपाललाई धन्यवाद दिएका छन् ।

कुल ८५ लाख लागतको उक्त दमकलकाे पानि भण्डारण क्षमता ४ हजार लिटर रहेकाे छ ।






























