तेस्रो म्याग्दे ब्याडमिन्टन कप असार २१ र २२ गते हुने
तेस्रो म्याग्दे ब्याडमिन्टन कप २०८१ यही असार २१ र २२ गते हुने भएको छ । थर्पु ब्याडमिन्टन क्लव द्वारा आयाेजित प्रतियोगिता म्याग्दे ४ स्थित थर्पुमा रहेको थर्पु ब्याडमिन्टन हलमा हुने क्लवले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमले क्रमशः २५ हजार , १५ हजार र पाँच पाँच हजार तथा शिल्ड , मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । क्लवले टिम दर्ता शुल्क २ हजार ५ सय रहेकाे जनाएको छ ।































