बुधबारदेखि दमाैली बजार , सिसि क्यामराकाे निगरानीमा हुने

बुधबारदेखि दमाैली बजार , सिसि क्यामराकाे निगरानीमा हुने


तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईकाे सक्रियतामा दमाैली बजारमा सिसि क्यामरा जडान गरिएको छ । विभिन्न अपराधिक गतिविधि राेक्न , बजारलाई सुरक्षित राख्न, व्यापारी लगायत स्थानीयलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले सिसि क्यामरा पुनर्निर्माण गरेर जडान गरिएको तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए । बजारलाई सुरक्षित राख्न, व्यापारी लगायत स्थानीयलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले सिसि क्यामेरा जडान गरिएको हाे मल्लले भने ।

मल्लका अनुसार बजारमा जडान गरिएका २८ वटा पुरानो सिसि क्यामरा निकालेर सरसफाइ , मर्मत तथा अन्य केही थप गरि अहिले २७ वटा सिसि क्यामरा जडान गरिएको छ । पहिले भएका सिसि क्यामराहरू ३/४ वटा मात्रै चलेको तर अरू बिग्रेकाले ६ हजार मिटर तार र ४ वटा नयाँ सिसि टिभी किनेर फेरि सुचारु गर्न लागिएको मल्लले जानकारी दिए । सिसि क्यामरा पुनर्निर्माण एवम् जडानकाे लागि व्यास नगरपालिकाले ६ लाख रूपया सहयोग गरेको सभापति मल्लले बताए । सिसि क्यामरा जडान पश्चात् मादकपदार्थ सेवन गरि झै–झगडा गर्ने , होहल्ला गर्ने चोरी तस्करी गर्ने कार्यमा न्युनिकरण हुँदै जाने इकाईले विश्वास लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ बाट निगरानी गर्ने गरि जडान भएको सिसि टिभी सान्तिनगर झोलुङ्गे पुल , अमरापुरी, गणेशमान चोक,भेटघाट चोक,कालिका मार्ग चोक,सफासडक चोक,तरकारि लाइन चोक,घन्टाघर चोक, महर्षि चोक, प्रसासन चोक ,बन कार्यालय चोक लगायतका ठाउँमा जडान भएको सिसिटिभी व्यवस्थापन समितिका संयाेजक पाेष्टमान श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पृथ्वीराजमार्गको दुर्गा मन्दिर देखि बुल्दि खाेला एरियामा भने केही समयपछि मात्रै सिसिटिभी जडान गरिने छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page