बरिस्ठ अधिवक्ता वाग्लेलाई गरेको दुर्व्यवहार प्रति तनहुँ बारले गर्याे खेद व्यक्त

बरिस्ठ अधिवक्ता वाग्लेलाई गरेको दुर्व्यवहार प्रति तनहुँ बारले गर्याे खेद व्यक्त
Oplus_0

वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेलाई उच्च अदालत पोखरामा विपक्षी समूहले गरेको दुव्यवहारप्रति तनहुँ जिल्ला अदालत बार इकाइले खेद व्यक्त गरेको छ।

न्याय सम्पादनको शिलशिलामा गत असार १३ गते तनहुँ बारमा आबद्ध पूर्व अध्यक्ष, वरिष्ठ अधिवक्ता वाग्लेलाई कार्यालयभित्रै विपक्षीको समूहले हुलहुज्ज्त गरी न्याय सम्पादनमा प्रभाव पार्न खोजेको तथा अपमानजनक, अशोभनीय अभद्र व्यवहार प्रदर्शन गरिएको बारले जनाएको छ ।

तनहुँ बारका अध्यक्ष डम्बरदेव हड्खले र सचिव हरिमान श्रेष्ठले एक विज्ञप्ती जारी गरी उक्त दुर्व्यवहर प्रति निन्दा गरेका छन् । अदालत जस्तो संवेदनशील क्षेत्रमा कानुन व्यवसायी माथि विपक्षी समुहले गरेको अभद्र र अपमानजनक व्यवहार प्रति तनहुँ बार इकाईले दुख व्यक्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page