लागु औषध ट्रामाडोल सहित आँबुखैरेनीबाट तामाङ पक्राउ
नियन्त्रित लागु औषध ट्रामाडाेल सहित आँबुखैरेनीबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० का शुभ प्रभात तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्लाकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । तामाङले साथमा लुकाई छिपाई ल्याएको ट्रामाडोल (Tramadol) लेखिएको ९६ ट्याब्लेट नियन्त्रित लागु औषध सहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले बताएको छ ।































