बन्दिपुरकाे बाँझो १८ राेपनी खेतमा नेकपाले राेपाई गर्ने

बन्दिपुरकाे बाँझो १८ राेपनी खेतमा नेकपाले राेपाई गर्ने


तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं ४ झाप्रिमा बृहत धान राेपाइँ कार्यक्रम हुने भएको छ । १० वर्षदेखि बाँझो रहेको १८ राेपनि खेतमा यही असार २२ गते सनिवार बृहत राेपाइ गर्न लागिएको नेकपा तनहुँका इन्चार्ज एवम् पार्टीका केन्द्रीय सदस्य निशान सि ले बताए ।

उक्त राेपाइ कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज सिलु सि लगायतका नेता तथा कार्यकर्ताहरू आउने निशानले जानकारी दिए । युवालाई , पार्टीलाई र देशलाई नैं आत्मनिर्भर बनाउने उद्धेश्यले पार्टीका सबै सक्ति कृषिमा हाेमिएकाे उनलेे बताए । खेत बाँझो राखेर कृषि क्रान्ति नहुने भन्दै उनले युवा सक्तिलाई उत्पादनमा जाेड्न देशैभरि याे अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ । तनहुँ इन्चार्ज निशानले बृहत् राेपाइ कार्यक्रममा सहभागी हुन परिवर्तनकारि सबै सक्तिहरूलाइ आव्ह्रान गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page