सडकमा भएकाे ४० वर्ष पुरानो बिजुलीको पाेल व्यास २ ले हटायाे
व्यास नगरपालिका वडा नं २ ले दमाैली बजार भित्रकाे सडकका बिचमा रहेकाे बिजुलीको पाेल स्थानान्तरण गरेको छ । आ ब २०८०/०८१ को तार तथा पोल ब्यबस्थापन योजना अन्तर्गत सडकको बिच भागमा रहेका बिजुलिका पोलहरुलाई स्थानान्तरण गरिएको वडा सदस्य सुरेश वाग्लेले बताए ।
पटक पटक सवारि साधन ठोक्किन गई दुर्घटना भैइरहेको घटनाले वडा कार्यालयले करिब ४० बर्ष अगाडि गाडिएका पोलहरु लाई बिधुत प्राधिकरण सँग समन्वय गरि १० थान नया पोल सहित स्थानान्तरण गरिएकाे वाग्लेले बताए ।































