कार्यवाहक अध्यक्ष घिमिरेले गरे तेस्रो म्याग्दे ब्याडमिन्टन कपकाे उद्घाटन

कार्यवाहक अध्यक्ष घिमिरेले गरे तेस्रो म्याग्दे ब्याडमिन्टन कपकाे उद्घाटन

तेस्रो म्याग्दे ब्याडमिन्टन कप २०८१ काे म्याग्दे गाउँपालिकाका कार्यवाहक अध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गरेका छन् । थर्पु ब्याडमिन्टन क्लवकाे आयाेजनामा म्याग्दे ४ स्थित थर्पुमा रहेको थर्पु ब्याडमिन्टन हलमा सुरु प्रतियोगिताकाे
कार्यवाहक अध्यक्ष धिमिरेले उद्घाटन गरेका हुन् ।

थर्पु व्याडमिन्टन क्लवका अध्यक्ष-कुशल थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे ४ का अध्यक्ष – दिपक श्रेष्ठ , वडा नं ६ का अध्यक्ष हिरालाल गुरुङ , वडा नं २ का निवर्तमान अध्यक्ष – चन्द्र व रानाभाट , संगम टोल विकास संस्थाका अध्यक्ष – सु. अमरसिं थापा लगायतको उपस्थिति रहेको थियो ।

२१ र २२ गते गरि दुई दिन हुने प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमले क्रमशः २५ हजार , १५ हजार र पाँच पाँच हजार तथा शिल्ड , मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगितामा ३२ टिमको सहभागीता रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page