फागुन १० गते देखि आंवुखैरेनि महाेत्सव:
तनहुँ उद्योग वाणिज्य संघ आंवुखैरेनि बजार इकाईले दाेस्राे आंवुखैरेनि महाेत्सव गर्ने भएको छ । महाेत्सव यही फागुन १० गतेदेखि २० गतेसम्म हुने आंवुखैरेनि बजार इकाईले जनाएको छ ।

उद्योग , व्यापार प्रवर्द्धन र कृषिको प्रवर्द्धन , स्थानीय कला र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ महाेत्सव आयाेजना गरिएको हाे । महाेत्सवमा कृषि उपजहरूकाे बिक्री र प्रवर्द्धन , हस्तकला , चित्रकला र बस्तुकलाकाे प्रदर्शनीका साथै बिक्री गरिने आंवुखैरेनि बजार इकाईका सभापति भगवान श्रेष्ठले बताए । यस्तै महाेत्सवमा रमाइलो मेला , सांस्कृतिक झाँकि प्रदर्शन , ख्यातिप्राप्त कलाकारहरूकाे प्रस्तुति , विभिन्न खानाका परिकार हरू रहने सभापति श्रेष्ठले जानकारी दिए । आंवुखैरेनि गाउँपालिका संरक्षक रहेको महाेत्सवकाे प्रवर्द्धकमा नेपाल उद्योग बाणिज्य महासंघ र तनहुँ उद्योग बाणिज्य संघ रहेका छन् । महाेत्सव सफल बनाउन मुल समारोह समिति तथा अन्य उपसमिति गठन गरिएको र तयारीलाई तिव्र पारिएको इकाईले जनाएको छ ।

























