म्याग्देमा फागुन ३ देखि हर्षपुर कप भलिबल प्रतियोगिता हुने:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ७ मा भलिबल प्रतियोगिता हुने भएको छ । ज्याेति युवा क्लवकाे आयाेजनामा २७ अाैं स्थापना दिवसको अवसर पारि फागुन ३ गतेदेखि ६ गतेसम्म दाेस्राे भलिबल प्रतियोगिता आयाेजना गरिएको क्लवका अध्यक्ष दुत बहादुर थापाले बताए ।

खेल राष्ट्रकाे पहिचान , पर्यटन प्रवर्द्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ साविक वडा तथा गाउँ स्तरीय हुने प्रतियोगिता हर्षपुर खेलमैदानमा हुने थापाले जानकारी दिए । प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमले क्रमश ३० हजार , २० हजार र १० हजार नगद पुरस्कार पाउनेछन् भने टिम दर्ता शुल्क ३ हजार राखिएको छ । प्रतियोगिताकाे खेल संयाेजकमा लेखबहादुर आले र सुक बहादुर सिंजालि रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page