आदिकवि छाब्दि मिनि म्याराथुनकाे छात्र तर्फ सुजन र छात्रा तर्फ नम्रता प्रथम

आदिकवि भानुभक्त क्याम्पस-छाब्दि बाराही मिनी म्याराथन दौड प्रतियोगितामा छात्र तर्फ सुजन थापा र छात्रा तर्फ नम्रता गुरूङ प्रथम भएका छन् ।

स्वास्थ्यदेखि आस्थासम्म क्याम्पसदेखि मन्दिरसम्म भन्ने नाराका साथ क्याम्पसको मूल गेट देखि छाब्दी बाराही मन्दिर परिसर सम्म उक्त प्रतियोगिता भएको थियो । दौडमा जिल्लाका २६ वटा शैक्षिक संस्थाका २०० जना सहभागीहरूले भाग लिएकाे म्याराथन संयाेजक सहायक प्राध्यापक अनुराग थापा मगरले बताए । यस्तै दाैडमा छात्र तर्फ अमृत विक र छात्रा तर्फ चेतना कट्वाल द्धितिय भएका छन् भने छात्र तर्फ नरबहादुर गुरूङ र छात्रा तर्फ सचिना आले तृतीय भएका छन् ।

उक्त मिनी म्याराथन दौडमा प्रथम हुनेलाई १५ हजार , द्वितीय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page