कल्भर्ट बगाउँदा दमाैली – खैरेनीटार सडक खण्ड अवरुद्ध
अविरल वर्षाका कारण तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ६ र शुक्लागण्डकी ७ सेरास्थित फेदीखोलामा रहेको कल्भर्ट बगाएको छ । कल्भर्ट बगाउँदा पृथ्वीराजमार्ग पुर्ण रूपमा ठप्प भएको छ । तत्काल कल्भर्ट बन्ने अवस्था नभएकोले वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यलयले सूचना जारी गरेको छ ।

पृथ्वी राजमार्ग पूर्णरुपमा अवरोध भएकोले सो राजमार्ग भई आवतजावत गर्ने सवारी साधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध गरिन्छ,´ तनहुँ प्रशासनले भनेको छ । सडक सञ्चालनका लागि प्रयास गरिरहेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । बाढीले कल्भर्ट बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधनहरू लामो लाइन लागेका छन् ।































