शुक्लागण्डकिमा पहिरोमा परि तिनजना बेपत्ता , १० घाइते
तनहुँकाे शुक्लागण्डकि नगरपालिका वडा नं ७ स्थित काउरे टाेलमा तीन जना पहिरोमा परि वेपत्ता भएका छन् ।
दुर्गाबहादुर नेपालीको घरमा पहिराेले क्षति पुर्याउँदै गर्दा स्थानीय गाउँलेले सामान निकाल्न लाग्दा अकस्मात् पहिरो आइ तीन जनालाई बेपत्ता बनाएको हाे । यस्तै पहिरोले अन्य १० जना घाइते भएको स्थानीय सन्तोष घिमिरेले बताए । बेपत्ता मानिसको खाेजि भइरहेको घिमिरेले बताए ।

























