तनहुँमा पहिरोमा परी बेपत्ता भण्डारी , बास्तोला र नेपालीको खाेजी जारी
तनहुँकाे शुक्लागण्डकी न.पा.७ काउरे स्थित हिरा नेपाली र सुनमाया कुमालको घर माथीबाट पहिरो आउदै गर्दा घर भित्र रेहेको समान स्थानियहरु मिली निकाल्न जाने क्रममा बेपत्ता ३ जनाको खाेजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरुको नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी कार्य भइ रहेको तथा उक्त घटनामा घाइतेहरुको जि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।
पहिरोमा परी बेपत्ता हुनेहरूमा
१)जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ काउरे बस्ने बर्ष ४० की हिरा नेपाली
२)ऐ.ऐ.बस्ने बर्ष ३७ की अनिशा वास्तोला(छिमेकी)
३)ऐ.ऐ.बस्ने बर्ष ६५ को श्याम भण्डारी
यस्तै घाईतेहरु :-
१)जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ काउरे बस्ने बर्ष ४० को बिष्णु बहादुर नेपाली ढाडमा चोट अबस्था सामान्य
२)ऐ.ऐ.बस्ने बर्ष २६ को बिशाल तिम्लसिना दुबै हातमा चोट अबस्था सामान्य ।
३)ऐ.ऐ.बस्ने बर्ष ३५ को रबि घिमिरे ढाडमा चोट अबस्था सामान्य ।
४)ऐ.ऐ.बस्ने बर्ष १८ को रुप कुमार नेपाली दाया खुट्टामा चोट अबस्था सामान्य ।
५)ऐ.ऐ बस्ने बर्ष १५ को बिमल नेपाली दुबै खुट्टामा चोट अबस्था सामान्य रहेको छ ।































