जंगली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

जंगली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी
Oplus_0

जंगलबाट ल्याएको च्याउ खाँदा शनिबार तनहुँमा तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी बर्ष ६० की लिलामाया बि.क.,बर्ष ४० की कमला बि.क. र बर्ष १५ की अनिता बि.क.बिरामी भएका हुन् । 

अनिताले जंगलबाट ल्याएको च्याउ खादाँ उनीहरु सख्त बिरामी परेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
बिरामी तीनै जनाको स्थानिय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रो सिटी अस्पताल पाल्पामा पठाइएको रायले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page