जामुनेमा लागु औषध सहित दुई जना पक्राउ
तनहुँकाे जामुनेमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१४ का २४ बर्षिय रोमन मगर र सर्लाही इश्वरपुर नगरपालिका–२ बस्ने बर्ष २६ को बिशाल बिसुन्खे रहेका छन् ।

उनिहरूलाइ म्याग्दे गाउँपालिका–२ जामुने स्थित पृथ्वी राजमार्ग सडक खण्डमा चेकिङमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । दमौलीदेखी पोखरा तर्फ जादै गरेको बा ५९ प ८०२९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार रोमन मगरले शरिरमा लुकाई राखेको लागु औषध ट्रामाडोल लेखेको २१० क्याप्सुल बरामद गरी मगर र बिसुन्खेलाई पक्राउ गरि शुक्रबार तनहुँ जिल्ला अदालतमा पेश गरि म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।































