तेस्रो म्याग्दे ब्याडमिन्टन कपमा शाही र दवाडीकाे जाेडी प्रथम

तेस्रो म्याग्दे ब्याडमिन्टन कप २०८१ मा नारायण शाही र सुनिल दवाडीकाे जाेडी प्रथम भएको छ । थर्पु ब्याडमिन्टन क्लवकाे आयाेजनामा म्याग्दे ४ स्थित थर्पुमा रहेको थर्पु ब्याडमिन्टन हलमा सम्पन्न प्रतियोगितामा प्रथम भए सँगै उनिहरूले २५ हजार नगद सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा कुशल थापा र कामन थापाको जाेडी द्धितिय तथा सुवाेध आले र रेख श्रेष्ठ तथा डिबी गुरूङ र लक्ष्मण तामाङको जाेडी तृतीय भएको छ । उक्त जाेडीले क्रमशः १५ हजार र पाँच पाँच हजार तथा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


बिजेता टाेलिलाइ कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

थर्पु व्याडमिन्टन क्लवका अध्यक्ष-कुशल थापाकाे अध्यक्षतामा भएको समापन एवम् पुरस्कार वितरण कार्यक्रममा थर्पु युवा क्लवका अध्यक्ष नवराज हमाल ,मयाग्दे मगर समाजका अध्यक्ष नरसिंह राना लगायतको उपस्थिति रहेको थियो ।
२१ र २२ गते गरि दुई दिन भएको प्रतियोगितामा ३२ टिमको सहभागीता रहेको थियो ।






























