बन्दीपुरमा पहिरोले पुरिएर ३ वटा बाख्राकाे मृत्यु

बन्दीपुरमा पहिरोले पुरिएर ३ वटा  बाख्राकाे मृत्यु

अविरल वर्षाकाे कारण आएकाे पहिरोले तनहुँकाे बन्दीपुरमा ३ वटा बाख्राकाे मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका वडा नं.५ कोरीखा बस्ने नारायण बहादुर गुरुङको घरमा पालेको बाख्राकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

गुरूङकाे ढुङ्गा माटोले बनेको २ तल्ले कच्ची घरको बाँया तर्फको गाह्रो अबिरल बर्षातको कारण भत्किन जाँदा घर संगै जोडेर बनाएको बाख्राको खोर पुरीन जाँदा खोरमा रहेको ७ वटा बाख्रा मध्ये ३ वटा बाख्रा पुरिन गई मृत्यु भएको, ४ वटा सकुसल उद्दार गरिएको, अन्य कुनै मानविय क्षेती नभएको प्रहरीले बतायो ।

साँकेतिक तस्बिर )

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page