छाब्दि दाेभानमा एक पुरूषकाे शव पानीमा तैरिएकाे अवस्थामा फेला
तनहुँकाे ब्यास न.पा. वडा नं.१३ छाब्दि दोभान स्थित सेती मादी नदिको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
नामथर वतन नखुलेको, अन्दाजी ५ फिट १ ईन्च उचाई,बाँया हातमा ६ वटा औला भएको,बाटुलो अनुहार भएको,अनुहारको भाग सुन्निएको जस्तो देखीएको, छोटो कपाल, अस्वाभाविक गन्ध आएको, शरिरको बाहिरी छाला खुईलिएको अं.३०/३५ बर्षको पुरुष मानिसको लास पानिमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हाल उक्त लास दमौली अस्पतालको शब गृहमा राखिएको र चिन्ने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गराईदिन प्रहरीले अनुरोध गरेको छ ।































